घरको छतबाट खसेर एक जनाको ज्यान गयो

images
  • 165
    SHARES
  • माघ ८, २०८१ मंगलबार
    घरको छतबाट खसेर एक जनाको ज्यान गयो
    images

    काठमाण्डौ – 

    आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो ।

    नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्कलगायतको भाउ बढेको छ । अरु केही विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको घटेको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend