घरको छतबाट खसेर एक जनाको ज्यान गयो

images
  • 198
    SHARES
  • माघ ८, २०८१ मंगलबार
    घरको छतबाट खसेर एक जनाको ज्यान गयो
    images

    दाङ –

    दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवरपुर निवासी अन्दाजी २७ वर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार तुलसीपुर–४ बनहरीमा रहेको घरको दुई तला माथिबाट खसेर चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

    गम्भीर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend