काठमाण्डौ –
काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज सबैखाले सागको भाउ घटेको छ । आज रायो साग, पालुङ्गो साग, चमसुरको साग, तोरीको साग, मेथीको सागलगायतको भाउ हिजोको तुलनामा आज सामान्य घटेको छ ।
आज रायो सागको भाउ किलोमा ३ रुपैयाँले घटेर किलोको १५ रुपैयाँमा झरेको छ । आज पालुङ्गो साग, चमसुरको साग, मेथीको साग, हरियो प्याजको भाउ समान १० रुपैयाँले घटेर किलोको ३५ रुपैयाँ कायम भएको छ ।



