एन्फा महिला लिग फुटबलमा एपीएफले आर्मीलाई हरायो

images
  • 186
    SHARES
  • माघ ९, २०८१ बुधबार
    एन्फा महिला लिग फुटबलमा एपीएफले आर्मीलाई हरायो
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफकी रश्मीकुमारी घिसिङ र अनिता बस्नेतले १/१ गोल गरे । आर्मीकी अमिशा कार्कीले गोल गरिन् ।

    योसँगै एपीएफले ८ वटै खेल जितेर अपराजित रहँदै दोस्रो चरण सकाएको छ । दोस्रो चरणमा आर्मी दोस्रो भएको छ । यस्तै नेपाल पुलिस क्लब तेस्रो र बाग्मती युथ क्लब चौथो भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका भने बाहिरिएको छ ।

    अब प्लेअफ अन्तर्गत इलिमिनेटरमा पर्सि शुक्रवार पुलिस र बाग्मती युथ खेल्दैछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend