सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन :दाहाल

images
  • 117
    SHARES
  • माघ १०, २०८१ बिहीबार
    सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन :दाहाल
    images

    सुर्खेत।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे । 

    संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उनको भनाइ थियो । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे । 

    देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend