काठमाण्डाै –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि जिल्ला अदालत रुपन्देहीले परिवारको जिम्मामा छाडेको छ ।
आज थुनछेक बहस नसकिएपछि अदालतले भोलि उपस्थित हुने शर्तमा लामिछानेलाई छाडिदिएको हो । भोलि थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।



