ऋषिङ गाउँपालिकामा माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने

images
  • 184
    SHARES
  • माघ १०, २०८१ बिहीबार
    ऋषिङ गाउँपालिकामा माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने
    images

    दमौली, १० माघ ।

    तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले खुल्ला कौराहा प्रतियोगिताको आयोजना गरेको छ ।

    मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नाच संरक्षण गर्ने उद्धेश्यले यही माघ २० गते बिहान ११ बजे उक्त प्रतियोगिताको आयोजना गरेको हो ।  

    कौराहा नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले यसको संरक्षण र सम्बद्र्धन गर्न लागेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो ।

    उक्त प्रतियोगितामा प्रथम पुरस्कार ७० हजार,दोस्रो पुरस्कार ४५ हजार तेस्रो पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १० हजार कर बाहेक रहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend