आजको मौसम:पूर्वानुमान

images
  • 98
    SHARES
  • माघ ११, २०८१ शुक्रबार
    आजको मौसम:पूर्वानुमान
    images

    काठमाण्डौ –

    अस्ति बेलुकादेखि मौसम बदली रहेको देशको पश्चिमी क्षेत्रमा आजदेखि सुधार आउने भएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा लागेको बादल आजदेखि हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहने अनुमान छ ।

    महाशाखाका अनुसार देशका बाँकी भागमा मौसम मुख्यतया सफा नै छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज पनि काठमाण्डौ उपत्यका र तराई क्षेत्रमा हुस्सु र कुहिरो छ ।

    तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ । तराईको हुस्सु र कुहिरो केही दिन नहट्ने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । काठमाण्डौमा घाम लागेसँगै कुहिरो हट्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend