काठमाण्डाै –
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा रहेकाे प्रशासकीय भवनको आज 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्य स्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट नागरिकलाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गर्नुभयो । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रूपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभयो ।



