दक्षिण एसियाली कराँते प्रतियोगितामा भाग लिन जाने देवघाटकी मनिसा गुरूङलाई गाउँपालिकाद्वारा बिदाइ

images
  • 320
    SHARES
  • माघ ११, २०८१ शुक्रबार
    दक्षिण एसियाली कराँते प्रतियोगितामा भाग लिन जाने देवघाटकी मनिसा गुरूङलाई गाउँपालिकाद्वारा बिदाइ
    images

    देवघाट माघ ११

    देवघाट गाउँपालिका-५ क्युदी निवासी मनिसा गुरूङ  गण्डकी प्रदेश तनहुँ जिल्ला देवघाट गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको सिक्किममा हुन गइरहेको दक्षिण एसियाली सितोरियो सोबुकान कराँते खेल्न भोलि भारत तर्फ प्रस्तान गर्नेछिन । उनि ५० के.जी. समूहमा प्रतिस्पर्धा गर्न जान लागेकी हुन् । पहिलोपटक अन्तरास्ट्रिय स्तरमा सोबुकान कराँतेमा प्रतिस्पर्धा गर्न जान लागेकी मनिसालाई थप हौसला होस भन्ने उद्देश्यका साथ देवघाट गाउँपालिकाले शुक्रबार बिधाई कार्यक्रमको आयोजना गरिएको थियोे ।

    बिधाई कार्यक्रमसँगै गाउँपालिकाले मनिसालाई यातायात खर्च स्वरूप रू.२० हजार रूपैयाँ रकम प्रदान गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो । सो रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले भन्नुभयो राम्रोसँग खेल खेलेर स्वर्ण पदक जितको शुभकामना दिदैँ  गाउँ ठाउँ र देशको नाम उच्च राख्न आग्रह गरे । उक्त रकम गाउँकार्यपालिकाले निर्णय गरि प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    उक्त बिधाई कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,वडा-३ अध्यक्ष टेक बहादुर आले,कार्यपालिका सदस्य बाबुराम परियार,देवघाट गाउँपालिका वडा-५ का कार्यवाहक अध्यक्ष याम बहादुर मगर,देवघाट शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,गाउँपालिकाका लेखा शाखा अधिकृत सरद न्यौपाने लगायत कर्मचारीहरूको सहभागीता रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend