देवघाटधाम जेसीजको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम

images
  • 293
    SHARES
  • माघ ११, २०८१ शुक्रबार
    देवघाटधाम जेसीजको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम
    images

     देवघाट माघ ११

    देवघाटधाम जेसीजको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । देवघाट ५ स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा आयोजना गरिएको उक्त तालिममा देवघाट गाउँपालिका-५ वडा भित्रका सम्पूर्ण टोल विकास संस्था,सहकारी संस्था,सामुदायिक वन र अन्य संघसंस्थाहरूका पदाधिकारीहरुका लागि दिइएको देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले बताउनुभयो ।

    संस्थाको नेतृत्व गर्दै आइरहेको जो कोहिमा पनि नेतृत्व गर्ने क्षमता राम्रो छ भने मात्र त्यो संस्था राम्रो हुन्छ भन्ने कुरालाई मनन गर्दै तालिमको आयोजना गरिएको अध्यक्ष ढकालले बताउनु भयो । उक्त तालिमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिल बहादुर थापाले देवघाटधाम जेसीजले समाज र स्वदेशमै केही गर्छु भन्ने देवघाटका केही युवाहरूको लागि अति राम्रो काम गर्दै आएको बताउनुभयो । जेसीजले विभिन्न तालिमहरूको आयोजना गर्दै युवाहरूलाई उत्प्रेरित गराउदै आइरहेको हुदाँ समन्वय गर्दै तालिमहरू आयोजना गरिएको अध्यक्ष थापाले भन्नुभयो ।

    उक्त एकदिने तालिमको प्रशिक्षक बिदुर के.सी ले प्रशिक्षण दिनभएको थियोे । देवघाटधाम जेसीजले स्थापना कालदेखि नै तालिमहरू दिदै आइरहेको र यस वर्ष प्रत्येक वडामा एकएक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो । सो तालिममा देवघाट-५ वडाका सदस्य कमला गुरूङ र याम बहादुर मगर,देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा,देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्ल,टोल विकास संस्था,सहकारी संस्था,सामुदायिक वन,जेसीजका पदाधिकारीहरू र अन्य संघसंस्थाहरूका पदाधिकारीहरुको सहभागीता रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend