दिवा शिशु स्याहार केन्द्रका कारण महिला कर्मचारीलाई सन्तान हुर्काउन सहज

images
  • 176
    SHARES
  • माघ १२, २०८१ शनिबार
    दिवा शिशु स्याहार केन्द्रका कारण महिला कर्मचारीलाई सन्तान हुर्काउन सहज
    images

    काठमाण्डौ 

    सिंहदरबारमा रहेको दिवा शिशु स्याहार केन्द्रका कारण कर्मचारीलाई सन्तान हुर्काउन सहज भएको छ । घरमा बालबालिका हेर्ने मानिस नहुने कर्मचारीका लागि स्याहार केन्द्र सजिलो माध्यम भएको हो ।

    श्रीमान् र श्रीमती दुवै जागिरे हुँदा घरमा बच्चाको स्याहार गर्ने मानिस नभएकोले सेवा केन्द्र्रमा राख्ने गरेको राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत पवित्रा केसीले बताउनुभयो । केन्द्रमा स्वस्थकर खाना र राम्रो स्याहार हुने भएकोले ढुक्क हुने गरेको उहाँको भनाइ छ । उहाँले सरकारले यस्ता दिवा केन्द्र अरु ठाउँमा पनि खोल्नुपर्ने बताउनुभयो ।

    दिवा शिशु स्याहार केन्द्र २०६७ सालमा निजामती कर्मचारी श्रीमती सङ्घद्वारा व्यवस्थापन हुनेगरी सञ्चालनमा ल्याइएको हो । केन्द्रकी व्यवस्थापक शान्ति थापाका अनुसार बालबालिकालाई तीन प्रकारले वर्गीकरण गरिएको छ ।

    तीन महिनादेखि एक वर्ष, एक वर्षदेखि दुई वर्ष र दुई वर्षदेखि तीन वर्षसम्मका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था छ । अहिले केन्द्रमा पूर्ण क्षमतामा ७५ जना शिशु छन् । ४० जना बालबालिका प्रतिक्षा सूचीमा छन् । उमेरअनुसार खाना दिइन्छ भने बेलाबेलामा आएर आमाहरुले स्तनपान गराउने गर्छन् । अभिभावकले महिनाको दुई हजार रुपैयाँ तिर्नुपर्छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्र सञ्चालनका लागि यो वर्ष ७० लाख रुपैयाँ बजेट दिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend