आगलागीबाट एक महिलाको ज्यान गयो

images
  • 194
    SHARES
  • माघ १२, २०८१ शनिबार
    आगलागीबाट एक महिलाको ज्यान गयो
    images

    काठमाण्डौ 

    काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा एक महिलाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राति साढे बजे श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा उद्योगका कामदार काठमाण्डौको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको जलेर ज्यान गएको हो ।

    आगलागीमा घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आगोले फर्निचरसहित दुई घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगबाट शुरू भएको आगो नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोमा पुगेको थियो ।

    आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले निभाएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । आगलागीबाट फर्निचर उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend