ललितपुर
ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज जावलाखेलमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो ।
सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यले साप्ताहिक ट्राफिक सचेतना शुरुआत गरिएको महानगरले जनाएको छ । मेयर महर्जनले महानगरपालिकामा भर्खरै इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरिएको र यसबाट ट्राफिक व्यवस्थापनमा केही सहज भएको बताउनुभयो ।
नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निरन्तर कारबाही हुँदै आएको उहाँको भनाइ छ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गरिरहेको दाबी गर्नुभयो ।



