आर्मीलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस एन्फा महिला लिगको फाइनलमा

images
  • 175
    SHARES
  • माघ १४, २०८१ सोमबार
    आर्मीलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस एन्फा महिला लिगको फाइनलमा
    images

    काठमाण्डाै –

    त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको फाइनलमा पुगेको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको दोस्रो क्वालिफायरमा पुलिसले आर्मीलाई पेनाल्टी शुटआउटमा २–१ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा गएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend