जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रविद्वारा उच्च अदालत पोखरामा पुनरावेदन

images
  • 197
    SHARES
  • माघ १४, २०८१ सोमबार
    जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रविद्वारा उच्च अदालत पोखरामा पुनरावेदन
    images

    काठमाण्डाै –

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको छ ।

    हिजो जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छाड्ने आदेश भएपछि लामिछाने आज उच्च अदालत पोखरा पुग्नुभएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गएकाे पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो ।

    धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ ।

    उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend