देवघाट
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको सीता सामुदायिक वन उपभोक्त समितिको आयोजनामा आज विषेश भेला कार्यक्रम गरेको छ।
सो कार्यक्रमलाई प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले गमलामा पानी हालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण भट्ट,सामुदायिक वन महा संघ गण्डकी प्रदेश सचिव केसवचन्द्र न्यौपाने,जिल्ला वन महा संघ सदस्य भोजराज नैनावस्ती,सामुदायिक वन महा संघ देवघाट अध्यक्ष प्रवीण कार्की,रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी,मधु सामुदायिक वन अध्यक्ष डिल्लीराम गिरि,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,चक्रवर्ती सामुदायिक वनका उपाध्यक्ष खेमबहादुर राना,सुन्दरसिल टोल बिकास संस्थाका अध्यक्ष दुर्गालाल गुरुङ लगायतको उपस्थिति भएको थियो।

उक्त कार्यक्रममा सामुदायिक वनका सचिव एलिजा अधिकार(क्षेत्री) सञ्चालन गरेका थिए भने सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।



