काठमाडौँ ।
चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हाे ।
बुधवार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम मंगलबारका लागि सारिएको नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे सुरु हुने उनले जानकारी दिए ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।



