नर्सिङ दिवस : नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढ्दो

images
  • 174
    SHARES
  • माघ १५, २०८१ मंगलबार
    नर्सिङ दिवस : नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढ्दो
    images

    काठमाडौँ ।

    आज ६३औं नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरूको साथ मनाइँदैछ। नेपाल नर्सिङ सङ्घको स्थापना २०१८ साल माघ १५ गते भएको थियो, र यसै दिन नर्सिङ दिवस मनाइन्छ।

    नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नेपालमा नर्सिङ पेसा व्यावसायिक रूपमा अघि नबढेको बताउँदै नेपालमा प्रत्येक वर्ष हजारौँ नर्स तयार भए पनि यसको व्यवस्थापनमा समस्या रहेको र नर्सिङ जनशक्तिको विदेश पलायन बढिरहेको बताउनुभएकाे छ ।

    अध्यक्ष शर्माका अनुसार, नेपालमा नर्सिङ जनशक्ति विदेश जाने क्रम बढेकाले स्वास्थ्य क्षेत्रको प्रभाव पर्न सक्ने जोखिम रहेको छ। नर्सहरू विदेश जानको कारण कामको परिस्थिती, अधिक श्रम र कम तलब रहेको बताउनुभयाे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend