उदयपुरगढी गाउँपालिकामा एक पुरुषको शव फेला

images
  • 164
    SHARES
  • माघ १७, २०८१ बिहीबार
    उदयपुरगढी गाउँपालिकामा एक पुरुषको शव फेला
    images

    उदयपुर।

    उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।

    उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।'घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पठाएका छौं,' उनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend