जुत्तामुनि लुकाएको ब्राउन सुगरसहित दुई जना युवा पक्राउ

images
  • 185
    SHARES
  • माघ १८, २०८१ शुक्रबार
    जुत्तामुनि लुकाएको ब्राउन सुगरसहित दुई जना युवा पक्राउ
    images

    दाङ –

    दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

    शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend