सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो

images
  • 217
    SHARES
  • माघ १८, २०८१ शुक्रबार
    सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

    सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि  बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend