ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

images
  • 284
    SHARES
  • माघ १८, २०८१ शुक्रबार
    ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
    images

    तनहुँ 

    तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारले क्षतिपूर्ति रकम पाएका छन् ।

    आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो ।

    क्षतिपूर्ति रकम अधिकतम  तीन लाख र न्यूनतम  १० हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो । आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम भइरहेको छ । बाँधको जग निर्माण स्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । 

     

    अन्तिम अपडेट: माघ १८, २०८१

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend