फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित

images
  • 306
    SHARES
  • माघ २०, २०८१ आइतबार
    फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित
    images
    चितवन, माघ १९

    नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन हुनु भएको छ ।

    शनिवार भरतपुर महानगर ११ मा रहेको जनजाति महासंघको हलमा सम्पन्न दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

    475739258_597536616246290_1097872975589987506_n.jpg

    जसको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बबिलाल तामाङ,सूचना गुरुङ, मुना लम्तरी मगर, देव कुमार थापा मगर, विनिता श्रेष्ठ, सविता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ चयन भएका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend