चितवन,माघ २०
चितवनको सेन्ट्रल मोडेल कलेजले विद्यार्थीलाई भव्य कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । यस बर्षदेखि व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) अध्यापन सुरु गरेको कलेजले पर्यटकीय नगरी पोखराको पाँचतारे पोखरा ग्राण्ड होटलमा स्वागत कार्यक्रम आयोजना गरेको हो ।
कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलको अध्यक्षता र त्रिभुवन विश्वविद्यालय म्यानेजमेन्ट संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसेकोको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा सय बढि विद्यार्थी सहभागि भएका थिए ।सो अवसरमा बोल्दै डिन चालिसेले उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने विद्यार्थीलाई परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले नेपालको शैक्षिक विकासका लागि सेन्ट्रल मोडेल कलेज स्थापना गर्नु प्रशंसनिय काम भएको बताउनुभयो ।
उहाँले सेन्ट्रल मोडेल कलेजसंग हरेक पल सहकार्य गरेर काम गर्न त्रिवि विश्वविद्यालय तयार रहेको बताउनुभयो । अध्यक्ष पौडेलले बिश्वबाट लिनुभएको अनुभव नेपालको शिक्षा क्षेत्रको विकासका लागि अर्थपूर्ण छ,उहाँले भन्नुभयो, नेपालमा पनि विदेशी विद्यार्थीले पढ्न आउने वातावरण बनाउनका लागि उहाँको अनुभव महत्वपूर्ण हुनेछ । पहिलो बर्षमा नै विद्यार्थीलाई पाँच तारे होटलमा नाइट स्टे सहितको कार्यक्रम गर्दा विद्यार्थीलाई प्रयोगात्मक शिक्षासंगै बाहिरी ज्ञानको विकास गर्ने बताउनुभयो ।
सो अवसरमा डिन चालिसेले कलेजको आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रिन्सिपल डा.टिकाराम चालिसे, सल्लाहाकार देविदास भट्टराई, सल्लाहाकार सुदन नेपाली, एचवडी अफ बिएचएम प्रकाश पाण्डे, एचवडी अफ बिआइएम सुनिल कुमारसिंह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो बर्षमानै कलेजमा उल्लेख्य विद्यार्थी भर्ना भएका छन । कलेजले नेपालकै उत्कृष्ट होटलम्यानेजमेन्ट तथा विआइएम ल्याब निर्माण गरेको छ । कलेजले विदेशी प्रध्यापकद्धारा गेष्ट कक्षा र नेपालकै विभिन्न उद्योग व्यवसायमा फिल्ड भिजिट लगेर प्रयोगात्मक कक्षालाई समेत बिशेष जोड दिएको छ । कलेजले विद्यार्थीका लागि निःशुल्क बस सेवापनि दिँदै आएको छ ।



