काठमाडौं, माघ २२
प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्।
२०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएको छ ।



