म्याग्दी ,माघ २२
यहाँको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ ।
सो अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरुबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राहरुको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताउनुभयो । उहाँले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत रु ५० हजारको मुद्दति कोष स्थापना गर्नुभएको थियो । रासस
–––



