प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित

images
  • 111
    SHARES
  • माघ २२, २०८१ मंगलबार
    प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित
    images

    पोखरा

    प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन  पोखरामा सोमबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुन अर्जुन काफ्ले  निर्वाचित गरेको छ ।

    यस अघि पनि काफ्ले अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सन्तोष गौतम समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा  सविना राना, महासचिव गुणराज रोक्का, खुल्ला सचिवहरूमा अर्जुन अविरल र सुरेश अधिकारी,  सचिव (दलित) साने बहादुर नेपाली, जनजाति सचिवमा इच्छाकामना एफएम कुरिनटारका स्टेशन म्यानेजर दान बहादुर गुरुङ र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत रुपमा निर्वाचित भए ।

    त्यसैगरी सदस्यहरुमा प्रनिश गिरी, सविता शर्मा,  राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत रुपमा चयन भएका छन् ।

    कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डको तय भए पनि कार्यलयको बैठक लम्बेकाले प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।  

    त्यसैगरी कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्र गण्डकी प्रदेश ससदीय दलका नेता हरि बहादुर चुमान, प्रेस स्वतन्त्रता सेनानी कोमल नाथ बराल, माक्सवादी अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष झलकपाणी तिवारी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू राजकाजी गुरूङ्ग, नेत्रनाथ अधिकारी, किशन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    त्यसैगरी तेस्रो अधिवेशनको क्रममा त्रिभुवन( अनिल स्मृति पुरस्कारबाट म्याग्दीका अध्यक्ष कमल खत्री र  गणेश(चाँदनी स्मृति पुरस्कारबाट अस्मिता सिङ्खडालाई पुरस्कृत गरिएको छ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend