पाथीभरा केबुलकार निर्माण विवादका दुवै पक्षीबीच आज वार्ता हुँदै

images
  • 180
    SHARES
  • माघ २२, २०८१ मंगलबार
    पाथीभरा केबुलकार निर्माण विवादका दुवै पक्षीबीच आज वार्ता हुँदै
    images

    काठमाडौं

    विवादित ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न समस्या समाधानका लागि आज वार्ता हुँदै छ ।

    हिजो सोमबारको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको थियो । सोमबारको वार्ता सकारात्मक रूपमा टुंगिएको दुवै पक्षले जनाएको छ । सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

    मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend