स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

images
  • 124
    SHARES
  • माघ २३, २०८१ बुधबार
    स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु
    images

    एजेन्सी । 

    स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ। यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन्।

    राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणलाई अहिले सम्मकै ठुलो मास सुटिङ भएको प्रधानमन्त्री उल्फ क्रिफ टेरेसनले बताएका छन्।

    प्रहरीका अनुसार आक्रमण गर्ने ती व्यक्ति पनि मारिएका छन्। उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन्। धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ। प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend