सेन्ट्रल मोडेल कलेजका बिद्यार्थीलाई भव्य स्वागत:पोखराको पाँचतारे होटलमा अभिमुखिकरण कार्यक्रम

images
  • 164
    SHARES
  • माघ २३, २०८१ बुधबार
    सेन्ट्रल मोडेल कलेजका बिद्यार्थीलाई भव्य स्वागत:पोखराको पाँचतारे होटलमा अभिमुखिकरण कार्यक्रम
    images

    चितवन ।
    चितवनमा अवस्थित सेन्ट्रल मोडेल कलेजले विद्यार्थीलाई भव्य कार्यक्रमका साथ स्वागत गरेको छ । यस बर्षदेखि व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) अध्यापन सुरु गरेको कलेजले पोखराको पाँचतारे पोखरा ग्राण्ड होटलमा विद्यार्थीलाइ स्वागत गरेको हो । साथै कलेजको आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरेकोे छ ।

    475847555_1019109876913886_1994895472431494505_n.jpg

    कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय म्यानेजमेन्ट संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसेकोे प्रमुख आतिथ्यता रहेको थियो ।  कार्य्रमको उद्घाटन गदै डिन चालिसेले उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने विद्यार्थीलाई परामर्श र भिजा प्रोसेसिङको काम गर्दै आइरहेको सेन्ट्रल कलेजले नेपालको शैक्षिक विकासका लागि स्नातक तहको अध्यापन सुरु गर्नु प्रशंसनिय काम भएको बताउनुभयो । उहाँले सेन्ट्रल मोडेल कलेजसंग हरेक  पल सहकार्य गरेर काम गर्न त्रिवि विश्वविद्यालय तयार रहेको बताउनुभयो ।  उहाँले कलेजका अध्यक्ष पौडेलले विश्वबाट लिनुभएको अनुभव नेपालको शिक्षा क्षेत्रको विकासका लागि अर्थपूर्ण रहेको उल्लेख  गर्नुभयो । 475864609_1019111430247064_2259867985989882169_n.jpg

    कलेजका अध्यक्ष पौडेलले विश्वसंग प्रतिस्पर्धा गर्ने शिक्षा सेन्ट्रल मोडेल कलेजले चितवनबाटै  प्रदान गर्ने बताउनुभयो ।  आफूँले धेरै देश घुमेर त्यहाँको शिक्षा प्रणालीलाई नजिकबाट नियालेको र त्यहाँको जस्तै गुणस्तरिय शिक्षा प्रदानका लागि प्रयास गरिरहेको उहाँको भनाइ छ । उहाँले कलेजले गुणस्तरमा कुनै सम्झौता नगर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिशपर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्ने बताउनुभयो ।475387292_1019110193580521_5104788238696069612_n.jpg

    कार्यक्रममा प्रिन्सिपल डा.टिकाराम चालिसे, सल्लाहाकार देविदास भट्टराई, सल्लाहाकार सुदन नेपाली, एचवडी अफ बिएचएम प्रकाश पाण्डे, एचवडी अफ बिआइएम सुनिल कुमारसिंह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    उक्त स्वागत कार्यक्रममा सयभन्दा बढि विद्यार्थी सहभागि भएका थिए ।

    476102619_1019109113580629_6619514415176212059_n.jpg

    सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो बर्षमानै कलेजमा उल्लेख्य विद्यार्थी भर्ना भएका छन । कलेजले नेपालकै उत्कृष्ट होटल म्यानेजमेन्ट तथा विआइएम ल्याब निर्माण गरेको छ । 

    476226477_1019110306913843_5616119678231158102_n.jpg475831713_1019112250246982_989571837086915512_n.jpg475712041_1019110376913836_677514634286321635_n.jpg475857810_1019111800247027_4240645536892390798_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend