नुवाकोटमा बस दुर्घटना हुँदा एकको मृत्यु

images
  • 203
    SHARES
  • माघ २३, २०८१ बुधबार
    नुवाकोटमा बस दुर्घटना हुँदा एकको मृत्यु
    images

    काठमाडौँ, माघ २३

    नुवाकोट बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् ।

    मोटरसाइकललाई जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिएर दुर्घटना भएको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend