हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य अङ्कले घट्यो

images
  • 194
    SHARES
  • माघ २३, २०८१ बुधबार
    हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य अङ्कले घट्यो
    images

    काठमाण्डाै 

    हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर ५.६७ प्रतिशतले उकालो लागेको छ ।

    आज सामुदायिक लघुवित्त र कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम सामान्य बढेको छ । हिजो ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend