तनहुँ देवघाट:जेठ ३० गते
तनहुँको देवघाट गाउँपालिका स्थित देवघाट ब्याडमिन्टन संघले दोस्रो वार्षिकोत्सब अवसरमा देवघाट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भोलि ३१ गते बिहान ७ बजे देवघाटको ब्याडमिन्टन संघको कोर्ट मा एक कार्यक्रम बीच सम्मान गर्ने भएको छ।

साथै कार्यक्रममा देवघाटका समाजसेवी युवा ब्याक्ती महेश भट्टराईद्वारा देवघाट ब्याडमिन्टन संघलाई खेल सामाग्री समेत हस्तान्तरण गर्ने देवघाट ब्याडमिन्टन संघका कोषाध्यक्ष सुर्य घर्तीले जानकारी दिनुभयो।

सो वार्षिकोत्सब अवसरमा देवघाटका ब्याडमिन्टन खेलाडीहरु बीचको मैत्रीपुर्ण खेल पनि सञ्चालन हुने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभयो।साथै अध्यक्ष मिश्रले खेल प्रेमि खेलाडी साथीहरूलाई भोलि बिहान ७ बजे कार्यक्रम उपस्थित भइ खेलाडीहरुलाई हौसला प्रदान गर्न आग्रह समेत गर्नुभएको छ।



