बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

images
  • 216
    SHARES
  • माघ २६, २०८१ शनिबार
    बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
    images

    काठमाण्डौ –

    चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूराेड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रङ्गशालामा आज भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

    एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend