भरतपुर २९ सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते

images
  • 184
    SHARES
  • माघ २७, २०८१ आइतबार
    भरतपुर २९ सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते
    images

    काठमाण्डौ –

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।

    476847993_1166647668802108_7064210761036973689_n.jpg

    नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् ।476431482_1166630792137129_6164175027424895162_n.jpg

    घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend