नयाँकिरण कमलकुशुम माविमा दाताहरुको सालिक अनावरण : दाता र शिक्षकलाई सम्मान

images
  • 247
    SHARES
  • माघ २७, २०८१ आइतबार
    नयाँकिरण कमलकुशुम माविमा दाताहरुको सालिक अनावरण : दाता र शिक्षकलाई सम्मान
    images

    भरतपुर ।

    नयाँकिरण कमलकुशुम माध्यमिक विद्यालयले चन्दादाताहरुको नाममा बनाइएको सालिक अनावरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर–११ मा रहेको विद्यालयले ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उक्त सालिक अनावरण गरिएको हो ।

    आफ्ना आत्मीयजनको स्मृतिमा पाँच लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका दाताहरुको नाममा उक्त सालिक निर्माण गरिएको विद्यालयले जनाएको छ । शैक्षिक क्षेत्रको विकासमा दिएको योगदानको सम्मानस्वरुप सालिक निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए । अन्य चन्दादाताहरुको नाम उल्लेख गरिएको ताम्रपत्र र शिलालेखको पनि सोही अवसरमा अनावरण गरिएको छ ।

    दाता र शिक्षकलाई सम्मान

    विद्यालयको शैक्षिक विकासका लागि ७० लाख रूपैयाँ सहयोग गरेका चन्दादाता एवं भरतपुर महानगरपालिका वडा नं–११ का अध्यक्ष कमलबहादुर मल्ललगायत अन्य दाताहरुलाई पनि दोसल्ला, सम्मानपत्र र कदरपत्रसहित सम्मान गरिएको थियो ।dce957e7-71da-4231-a381-7d3364811a0b.jpg

    सोही अवसरमा विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण विकासमा योगदान पु¥याएको भन्दै विद्यालयका शिक्षकहरु भवानी विष्ट, वेदनाथ अधिकारी, प्रीति तामाङ र किरण बानियाँलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यस्तै, विद्यालयका निवृत्त शिक्षक एवं पूर्वप्रधानाध्यापक भानुप्रसाद उपाध्याय, निवृत्त शिक्षक भवानीप्रसाद शर्मालगायतलाई पनि सम्मान गरिएको थियो । विद्यालयका पूर्वशिक्षक विश्वनाथ रेग्मीलाई भने मरणोपरान्त सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

    विद्यालयले वार्षिकोत्सवका अवसरमा वडास्तरीय गाउँखाने कथा प्रतियोगिता, फुटबल, खोखो, कबड्डी र दौडलगायतका प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको थियो ।

    कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले शिक्षण पेसा सबै पेसाहरुको जननी भएको बताए । एक जनालाई सच्चा नागरिक बनाउन शिक्षकले मह¤वपूर्ण भूमिका खेल्ने हुँदा शिक्षकहरुप्रति गौरवभाव व्यक्त गरे । उनले विद्यालयको बाँकी रहेको भौतिक पूर्वाधार पूर्णताका लागि प्रदेश सरकार सकारात्मक रहेको र सङ्घीय सरकारको ध्यानाकर्षण गराउने बताए ।

    कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले तीनै तहको सरकारले शिक्षामा ठूलो हिस्सा लगानी गरे पनि सामुदायिक विद्यालयप्रतिको आकर्षण सोचेअनुरुप हुन नसकेको बताए । यस विषयमा सबै शिक्षक तथा अभिभावक सचेत हुनुपर्ने उनले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend