मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहा राराको सेमिफाइनलमा

images
  • 185
    SHARES
  • माघ २७, २०८१ आइतबार
    मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहा राराको सेमिफाइनलमा
    images

    काठमाण्डाै –

    मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

    प्रतियाेगिताकाे तेस्राे क्वाटरफाइनलमा भाेलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend