बाबुरामको टिप्पणी- तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्

images
  • 284
    SHARES
  • माघ २७, २०८१ आइतबार
    बाबुरामको टिप्पणी- तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्
    images

    काठमाडौँ ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘हामीले पुराना शक्तिले भएन, काँग्रेसले गरेन, यसले गरेन भनिरहेका छौँ । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

    ‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौँ भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौँ । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend