बागमतीमा विकास निर्माण : मन्त्री सिलवालद्वारा स्थलगत निरीक्षण

images
  • 195
    SHARES
  • माघ २७, २०८१ आइतबार
    बागमतीमा विकास निर्माण : मन्त्री सिलवालद्वारा स्थलगत निरीक्षण
    images

    मकवानपुर ।

    वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले मन्त्रालयअन्तर्गतका कार्यालयले गरेको कामहरुको स्थलगत अवलोकन गरेका छन्। आइतबार मन्त्री सिलवालले भू तथा जलाधार व्यवस्थापन कार्यालय मकवानपुरले वागमती गाउँपालिकाको विभिन्न वडाहरुमा मन्त्रालयमार्फत भएका काम तथा योजनाको कार्यन्वयनको स्थितिबारे स्थलगत अवलोकन गरेका हुन्।

    मन्त्री सिलवालले स्थानीय समस्याहरुको सहजीकरणको निमित्त सदैव क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे। हाल मन्त्रालयअन्तर्गत रहेका कार्यालयले गरेको कामलाई तीव्रगतिमा सम्पन्न गर्नसमेत माताहतका कर्मचारीहरुलाई निर्देशन दिए।

    बागमती गाउँपालिकास्थित राई गाउँमा बसोबास गर्ने स्थानीयसँग समेत छलफल गरेका थिए। स्थानीयले आफ्नो मुख्य समस्याको रुपमा पुल आवश्यक परेको बताएका थिए। यातायातको लागि पुल नहुँदा वर्खाको समयमा कुवाको भ्यागुता जस्तो बन्नु परेको गुनासो पोखे।

    मन्त्री सिलवालले स्थानीयको समस्या सम्बन्धित निकायमा जानकारी गराउने र आफ्नो मन्त्रालयबाट हुन सक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    यस्तै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु)ले स्थानीयस्तरको समस्या समाधानको निम्ती सधैँ तत्पर रहेको बताए। कार्यक्रममा बागमती गाउँपलिकाका अध्यक्ष सर्केश घलान, वडाध्यक्षहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयका कर्मचारी तथा स्थानीय उपस्थित थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend