आजको मौसम

images
  • 108
    SHARES
  • माघ २८, २०८१ सोमबार
    आजको मौसम
    images

    काठमाण्डौ – 

    कोशी प्रदेशमा आज  हल्का वर्षाको सम्भावना  रहेको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै  बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    तराईका थोरै ठाउँहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही दिनसम्म हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात तथा तराईमा हुस्सु कायम रहने महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend