काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुर्व्यसनमा लागेका युवाहरूलाई छुटकारा दिन ७ वटै प्रदेशमा स्काउटमार्फत टास्क फोर्स गठन गर्ने बताएका छन्। मंगलबार आव २०७९/८० को मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले १२ हजार युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत कर्जा उपलब्ध गराउने पनि बताए ।

शिक्षामन्त्री पौडेलले आर्थिक वर्षमै खेलाडीहरूको बिमा गरिने र एक विद्यालय एक खेल मैदान प्रस्ताव गरिएको बताए । त्यस्तै,उनले कुनै पनि नर्सिङ कलेज बन्द नगरिएको र नर्सिङ पढाइ भइरहेको जवाफ दिए।
‘नर्सिङ बन्द गरिएको छैन,क्याम्पसलाई स्तरीय बनाउन १०० बेडको व्यवस्था हुनुपर्छ, पढाइ जारी छ,बन्द छैन्,’उनले भने। ७५३ पालिकामा खेलकुद मैदान पुर्याउने उद्देश्य रहेको पनि उनले बताए।



