काठमाण्डौ –
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।
तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका अरु ठाउँमा मौसम सामान्यतया सफा छ ।
२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थामा आंशिक बदली भन्ने गरिएको छ । यस्तै २५ प्रतिशतसम्म आकाशमा बादल लागेमा मौसम सफा रहेको मानिन्छ ।



