राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

images
  • 159
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन
    images

    काठमाण्डौ –

    राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको हिजो उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।

    पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो ।

    श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । दाहाल २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च बन्नुभएको थियो ।

    अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend