चितुवाको छालासहित एक जना पक्राउ

images
  • 211
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    चितुवाको छालासहित एक जना पक्राउ
    images

    कंचनपुर ।

    कैलालीमा सोमबार राति चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३, मेल्टाका २६ वर्षीय नरेश साउद छन्।

    उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली चितुवाको छालासहित साउदलाई पक्राउ गरेको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend