वैदेशिक रोजगारीमा पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

images
  • 344
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    वैदेशिक रोजगारीमा पठाइदिने  भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ
    images

    काठमाण्डाै –

    आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।

    पूर्णबहादुरले पोर्चुगल पठाइदिने भन्दै तीन जनाबाट नौ लाख र राजकुमारले जापान पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend