माग अनुसारको रगत संकलन नहुँदा नवलपुरमा रगत अभाव

images
  • 265
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    माग अनुसारको रगत संकलन नहुँदा नवलपुरमा रगत अभाव
    images

    नवलपुर ।

    माग अनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ ।

    नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पु¥याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कंडेलले बताए ।

    कंडेलले भने, ‘अस्पतालमा विरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मे हम्मे परेको छ ।’

    रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौतारिरहेको भेटिने गरेको उनले जानकारी दिए ।

    नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्त सञ्चार सेवाले नवलपुर जिल्लामा सामान्यतया १ महिनामा १ सय ५० युनिट रगत खपत हुने गरेकोमा अहिले १ महिनामा ३ सय भन्दा बढी युनिट रगत खपत हुने गरेको हो ।

    मागको अनुपातमा नवलपुरमा रगत संकलन हुन नसकेको रेडक्रस कावासोती उपशाखा अध्यक्ष कंडेलले बताए । चितवनबाट समेत कावासोतीबाट रगत पठाउनु पर्ने भएकोले माग अनुसार रगत पुराउनै गाह्रो भएको उनले बताए ।

    जाडोको मौसममा रुघाखोकी लगायतका कारणले नियमित रक्तदाताहरुमा पनि कमि आएको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कावासोतीले संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेश प्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभएपनि रगत अभाव भने देखिएको बताए । उनले भने, अस्पतालको आफ्नै ब्लड बैंक छैन । रगत अभाव भईहालेको थाहा हुन्न तथापि विरामीहरुले रगत नपाएकै कारण अस्पतालकै कर्मचारीहरुबाट रगत दिएर काम चलाउने गरेका छौं ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend