खसीको मासु भनि बाख्रीको मासु बिक्रि गर्ने एक जना पक्राउ

images
  • 139
    SHARES
  • माघ ३०, २०८१ बुधबार
    खसीको मासु भनि बाख्रीको मासु बिक्रि गर्ने एक जना पक्राउ
    images

    काठमाण्डौ – 

    वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो ।

    प्रहरी टोलीले पसलको जाँच गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभएको छ ।

    प्रहरीले पसलका सञ्चालकलाई पक्राउ गरेर कालोबजारी कसुरमा अनुसन्धान थालेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend