आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

images
  • 247
    SHARES
  • माघ ३०, २०८१ बुधबार
    आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु
    images

    गुल्मी –

    आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

    अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend