ग्यास व्यवसायीकाे आन्दोलन स्थगित

images
  • 150
    SHARES
  • माघ ३०, २०८१ बुधबार
    ग्यास व्यवसायीकाे आन्दोलन स्थगित
    images

    काठमाण्डाै 

    सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो ।

    सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने लगायत विभिन्न १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको थियो । छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका जायज माग थप अध्ययन गरी १५ दिनभित्र पूरा गर्ने बताएपछि १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।

    ग्यास व्यवसायी आजदेखि चरणबद्ध आन्दोलनमा थिए । आउँदाे फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend